न्यादी हाइड्रोपावरको आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका आईपीओ आजदेखि बिक्रि खुल्ला - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Monday, August 16, 2021

न्यादी हाइड्रोपावरको आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका आईपीओ आजदेखि बिक्रि खुल्ला

 

न्यादी हाइड्रोपावरको  आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका आईपीओ आजदेखि बिक्रि खुल्ला





न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि १८ लाख कित्ता साधारण शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यका उक्त कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई बिक्रि गर्न लागेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र लमजुङ जिल्ला बाहेक अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर बिक्रि गर्ने भएको हो ।




बाँकी रहेको ३ लाख कित्ता कम्पनीले संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विकास कम्पनीका कर्मचारीहरुका लागि बिक्रि गर्ने जनाएको छ । आईपीओमा छिटोमा भदौ १५ र ढिलोमा भदौ ३० गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Pages