जीवन विकास लघुवित्तको
आइपीओ शुक्रबारभित्र बाँडफाँट गर्ने तयारी
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ यसै साताभित्र बाँडफाँट हुने भएको
छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबारभित्र आइपीओ बााडफाँट गर्ने
तयारी रहेको छ । यद्दपि,
बाँडफाँट हुने
निश्चित मिति भने निर्धारण भइसकेको छैन । सोमबार र मंगलबारभित्र प्रि–अलोटमेन्ट
सम्पन्न गरी शुक्रबारभित्र बाँडफाँट गर्ने तयारी गरिएको एनएमबि क्यापिटलले जानकारी
गराएकोे छ ।
ज्योति बिकास बैंक मा जागिर को अवसर
जीवन विकासको आइपीओमा हालसम्मकै उच्च आवेदन
परेको छ । यसमा २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् ।
सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न
सक्नेछ । जीनव विकास लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर
पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
कुल आवेदकमध्ये ८.८६% आवेदकले मात्र सेयर पाउनेछन् ।