पार्टी एकताको लागि अध्यक्ष ओलीको ६ बुँदे प्रस्ताव
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई कायम राख्नको लागि आफू २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्कन तयार रहेको स्पष्ट पारेका छन् ।
आज राति नेकपा एमालेको एकताको लागि आह्वान गर्दै उनले ६ बुँदे प्रस्ताव समेत अघि सारेका छन् । पहिलो बुँदामा उनले नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाईने उल्लेख गरेका छन् ।