Citizens life Insurance has posted a net profit of Rs. 145.74 Million - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Sunday, May 9, 2021

Citizens life Insurance has posted a net profit of Rs. 145.74 Million

 

Citizen life Insurance Company has Published its Q3 Financial report and posted a net profit of Rs. 145.74 Million 

सिटिजन लाइफको यस्तो छ वित्तीय विवरण


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोष १३८.०५ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्ष ७७/ ७८ को तेस्रो त्रैमासिक अवधिमा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब एक करोड रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा एक अर्ब २६ करोड रुपैयाँ मात्रै थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १०९ प्रतिशतले बढेको छ । खुद बीमा शुल्क आर्जन २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन एक अर्ब १६ करोड रुपैयाँ मात्रै थियो । कम्पनीले हालसम्म ६ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने २ अर्ब ४८ करोड रुपैयाँ छ ।

सिटिजन लाइफले तेस्रो त्रैमासिक अवधिमा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको दिर्घकालिन कर्जा लगानी ११ प्रतिशतले बढेको देखिन्छ । कम्पनीले दिर्घकालिन क्षेत्रमा तीन अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ ।

विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर मात्रै २१ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७६ करोड रुपैयाँ जम्मा भएको छ ।




Pages