आईपीओ निष्कासनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Friday, May 14, 2021

आईपीओ निष्कासनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो

 आईपीओ निष्कासनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो



आईपीओ निष्कासनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलानामा ५९.४० प्रतिशतले बढी हो गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्कमा उल्लेख्य सुधार भएपनि कम्पनीको नाफा भने घटेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर ८ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।कर्मचारी बोनस, व्यवस्थापन खर्च र आयकर तिर्दा कम्पनीको खुद नाफा घटेको हो ।

जीवन बीमा कम्पनीहरुले प्रकाशित गर्ने खुद नाफा बीमङ्कीय मुल्यांकन बाहेकको हिसाब हुने भएकाले कम्पनीको वास्तविक नाफा भन्दा अहिलेको नाफामा फरक पर्नसक्छ ।

एक अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ८ करोड २१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ३४ हजार ८४० वटा बीमालेख जारी गरि ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले ५९३ वटा दाबी वापत १ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ

Pages