नेपाल क्लियरिङ हाउसको ३८ प्रतिशत बोनस सेयर
नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ को नवौं वार्षिक साधारणसभाले बुधबार उक्त सेयर वितरण गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको चुक्ता पुँजी २९.८ करोड रुपैयाँ रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१.१ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।साथै कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।