सानिमा लाइफले आइपीओ ल्याउने
सानिमा लाइफ
इन्सुरेन्सले तेस्रो वार्षिक साधारण सभा जेठ २३ गते बोलाएको छ । सभा कम्पनीको
प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिने एजेन्डा छ । सो सम्बन्धि
कार्य गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
स आइपीओलाई केयर
रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।
यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने
पनि जनाउँछ