हिमालयन रि इन्स्योरेन्स
नयाँ पुनर्बीमा कम्पनी को लाइसेन्स पायो
हिमालयन रि इन्स्योरेन्स नयाँ पुनर्बीमा कम्पनीले लाइसेन्स
प्राप्त गरेको छ ।
बीमा समितिको आइतबार
बसेको संचालक समितिको बैठकले हिमालयनलाई पुनर्बीमा
कम्पनीको लाइसेन्स दिने गरेको स्रोतले जनाएको छ ।
बीमा समितिले नयाँ
पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दै अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स, प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले बाजी मारेको हो ।
हाल नेपाल पुनर्बीमा कम्पनीले नेपालमा पुनर्बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । हिमालयनले लाइसेन्स पाए सँगै पुनर्बीमा बीमा व्यवसाय गर्ने कम्पनीको संख्या दुई वटा पुगेको छ ।