आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै
आज आगामी आर्थिक वर्ष २०७८/७९ को
वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक हुँदैछ । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।
संवैधानिक
व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक
हुन लागेको हो ।
प्रधानमन्त्री
निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी
दलका नेता, सबै
मन्त्रीहरू, राष्ट्रिय
योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा
बजेट सार्वजनिक हुन लागेको हो ।
यसपटकको बजेट कोरोना
सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने निश्चित छ । यसपटकको
बजेटमा जारी महामारी नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३
मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक
पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई समावेश
गरिएको छ । सरकारले १६ खर्ब रुपैयाँ हाराहारीको बजेट
ल्याउने तयारी गरेको छ ।