संसद विघटनका रिट हेर्न संवैधानिक इजलास गठन
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि संवैधानिक
इजलास गठन गरेको छ ।
सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो ।