युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि
‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ पायो
यूनियन लाइफ इन्स्योरेन्स
कम्पनीले आइपिओ निष्काशनका लागि ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ
एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी
मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको
प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त
भए सँगै अव कम्पनीले प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र
बोर्डमा निवेदन पेश गर्ने छ ।