२ अर्ब बराबरको ऋणपत्र जारी गर्दै एनएमबि बैंक
एनएमबि बैंकले आजदेखि ऋणपत्र विक्रि
खुल्ला गर्ने भएको छ । १० वर्षे अवधिको ८.५ प्रतिशत व्याजदरमा २ अर्ब बराबरको २०
लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।
‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नाम
दिइएको यस ऋणपत्रमा प्रति ऋणपत्र १ हजारको दरले १२ लाख कित्ता व्यक्तिगग तवरबाट र
बाँकी रहेको ८ लाख कित्ता बैंकले सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ ।
सर्वसाधारणललाई छुट्टाएको ८ लाख
कित्तामध्ये ५ प्रतिशत सामुहिक लगानी कोष र बाँकी रहको ७ लाख ६० हजार कित्ता
सर्वसाधारणलाई विक्रिमा ल्याउने जनाएको छ । कम्पनीको ऋणपत्रमा न्युनतम २५
कित्तादेखि अधिकतम ८ लाख कित्ता सम्म जेठ ५ गतेदेखि १६ गतेसम्म आवेदन दिन सकिन्छ ।
बैंकले ऋणपत्र विक्रि तथा प्रबन्धकमा सिद्वार्थ क्यापिटललाई नियुक्त गरेको छ ।