जेठ २ देखि चिनियाँ खोप सञ्चालन गर्ने तयारी काठमाडौंमा
काठमाडौंमा कोभिड–१९ विरुद्धको दोस्रो चरणको चिनियाँ खोप (भेरोसेल) सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो ।
जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई जानकारी दिए