मध्य भोटेकोशी जलविदतले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियलाई आईपीओ निष्काशन गर्ने - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Friday, April 30, 2021

मध्य भोटेकोशी जलविदतले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियलाई आईपीओ निष्काशन गर्ने

 

मध्य भोटेकोशी जलविदतले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियलाई आईपीओ निष्काशन गर्ने 



मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालीका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

उक्त आइपीओ छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ

 


Pages