बैंक मा करियर बनाउने युवा हरु को लागि रास्ट्रिय बाणिज्य ले निशुल्क तालिम दिने - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Saturday, December 28, 2019

बैंक मा करियर बनाउने युवा हरु को लागि रास्ट्रिय बाणिज्य ले निशुल्क तालिम दिने


राष्ट्रिय वाणिज्य बैंकले  वित्तीय क्षेत्रमा करियर बनाउनेहरु लाई निशुल्क तालिम दिने 


 राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमी कार्यक्रम शुरु गरेको छ ।। फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवाले लाभ लिन सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्नातक अध्ययन सकेर कामविहीन बसेकाहरुलाई काम दिने भएको छ । बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश नं. १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको हो 

प्रदेश नं. ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं. १ मा ५० जनालाई विभिन्न बैंकमा काम गर्ने गरी पेड इन्टर्नसिप दिन लागिएको राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले जानकारी दिनुभयो ।

प्रदेश नं. १ का लागि शनिवार देखि अनलाइन निशुल्क आवेदन खोलिने बताइएको छ । छनौट भएका ५० जनालाई तीन दिने टेक्निकल, व्यवहारिक र प्राक्टिकल तालिम दिएपछि सम्बन्धित बैंकमा खटाइने बताइएको छ ।

विस्तृत जानकारी बैंकको अफिसियल वेबसाईट https://www.rbb.com.np/ मा लग इन गरी  प्राप्त गर्न सकिने छ ।
More details

Pages