भारतीय सर्वोच्च अदालतको फैसला: अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउने आदेश।
भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा राम मन्दिरकै रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने विवाद वर्षौंदेखि थियो ।
शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले हिन्दुहरुको पक्षमा सर्वसम्मतीले फैसला सुनाएको हो । वर्षौंदेखिको विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले सुनाएको यो फैसलालाई ऐतिहासिक मानिएको छ।
Read Also : रास्ट्रीय वाणिज्य बैंकद्वारा युवा लक्षित 'आरबिबी इम्पावरमेन्ट एकेडेडी ' कार्यक्रम सुरु
Read Also : रास्ट्रीय वाणिज्य बैंकद्वारा युवा लक्षित 'आरबिबी इम्पावरमेन्ट एकेडेडी ' कार्यक्रम सुरु
अयोध्याको विवादित जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने सर्वोच्च अदालतले फैसला सुनाएको छ । अदालतले केन्द्रीय सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाएर त्यसलाई कार्यान्वयन ल्याउन निर्देशन दिएको छ ।