बैंक मा करियर बनाउने युवा हरु को लागि रास्ट्रिय बाणिज्य ले निशुल्क तालिम दिने - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Tuesday, January 28, 2020

बैंक मा करियर बनाउने युवा हरु को लागि रास्ट्रिय बाणिज्य ले निशुल्क तालिम दिने

बैंक मा करियर बनाउने युवा हरु को लागि रास्ट्रिय बाणिज्य ले निशुल्क तालिम दिने 







काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमी कार्यक्रम शुरु गरेको छ ।। फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवाले लाभ लिन सक्नेछन् ।
उक्त एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबियरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा संचालन गर्र्नेछ । पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं.३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ ।
वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाण्डौ स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षकोे इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृतिविकाशका लागी र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजीक उत्तरदायीत्व निर्वाह गर्दै यो तालिम केन्द्रको शुरुवात गरीएको बताए ।
वित्तिय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने कुरामा विश्वास्त भए ।
सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि संचालन गरीनेछ ।
राष्ट्रिय वाणिज्यको ३ महिने निशुल्क Training को लागि फर्म भर्ने लिंक
https://rbbwebsite.shirantech.f1soft.com.np/empowerment/inquiry?fbclid=IwAR3EMtTsokTj12yBFlAB0TfO6Ara3fSjjOo-AnUk3GViI3RNtSLxr7HglDg

Also Read : नेपाल वायुसेवा निगम द्धारा पदको अन्तिम नतिजा सम्बन्धी सूचना प्रकाशित(Nepal Airlines Corporation final Result and Recommendation)https://popmixremix.blogspot.com/2019/10/nepal-airlines-corporation-final-result_16.html

Post Bottom Ad

Banner here contact

Pages