जनता बैंक र ग्लोबल ग्लोबल आईएमई बैक मर्ज भएका छन्।
काठमाडौँ : जनता बैंक र ग्लोबल ग्लोबल आईएमई बैक मर्जर भएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । दुवै बैंकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन्। मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति भएको ।
मर्जर पछिको बैकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना सदस्य रहने सहमति गरिएको छ ।
मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ । त्यस्तै बैकको शाखा सञ्जाल ३ सय भन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन् ।