छठमा जनकपुरधामबाट नेपाल भ्रमण वर्षको प्रचार
केन्द्र र प्रदेश सरकार मिलेर जनकपुरबाट नेपला भ्रमण वर्ष २०२० को प्रचार सुरु गर्ने भएका छन् । छठ पर्वको अवसरमा भोलि बिहीबार शुभकामना आदान प्रदान तथा भ्रमण वर्ष प्रवर्द्धन कार्यक्रम राखिएको छ ।
पवित्र धार्मिक सांस्कृतिक स्थलबाट भ्रमण वर्षको प्रवर्द्धन कार्यक्रम थालनी गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । बुधबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, यो कार्यक्रमको उद्देश्य भ्रमण वर्ष २०२० लाई जनकपुर र प्रदेश नम्बर २ मा प्रवर्द्धन गर्ने र देशभरका मानिसहरुलाई पनि सन्देश दिनु हो ।’