छात्रवृत्तिमा एमबिबिएस/बिडिएस अध्ययनका लागि दरखास्त आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा एमबिबिएस तथा बिडिएसमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि दरखास्त आह्वान गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निशुल्क छात्रवृति सिट कायम गरिएका त्रिविवि महाराजगंज चिकित्सा क्याम्पस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने MBBS& BDS विषयको छात्रवृतिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त दिन आह्वान गरेको हो।