Nepal Bank Limited published a notice regarding the vacancy for the posts of Assistant Director, Assistant Director (CA), Assistant (IT), Assistant, and Gold Tester by open competition through the Public Service Commission. Interested candidates should fill-up the online application form by Ashoj 19, 2076 (October 06, 2019).
The application should include Transcript, Character Certificate, Passport sized photo and other mentioned required documents.
Examination Fee:
- For Assistant Director and Assistant Director (CA)- Rs. 800
- For other positions - Rs. 600
Note: Rs. 200 and Rs, 100 should be paid respectively to apply for inclusive positions.
Official Notice:
नेपाल बैंक लिमिटेड
प्रधान कार्यालय
मानवस्रोत व्यवस्थापन विभाग Online दरखास्त फाराम भर्नेसम्बन्धी सचना
(प्रथमपटक प्रकाशित मितिः २०७६/०५/३०)
श्री लोकसेवा आयोगको सहमतिअनुसार यस बैंकको आ.व.२०७६/७७ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका निम्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७६/०५/३० देखि Online दरखास्त फाराम भर्न आह्वान गरिएको छ । बैंकले तोकेको Online फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपालबाहेक अन्य मुलुकवाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो Scan Attach गरी तोकिएको शुल्क तिरी मिति २०७६/०६/१९ सम्म Online दरखास्त पेस गर्नुपर्नेछ । म्यादभित्र दाखिल नभएको र रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी Online दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ ।