अर्थमन्त्री खतिवडाको सम्बोधन पछि बढ्यो शेयर बजार - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Tuesday, September 17, 2019

अर्थमन्त्री खतिवडाको सम्बोधन पछि बढ्यो शेयर बजार




अर्थमन्त्री डा.युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । 
अघिल्लो साता ३१ अंकले घटेको नेप्से यस साताको आइतबार र सोमबार दुबै दिन दोहोरो अंकले खस्केको थियो
मंगलबार बिहान मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आहृवान गरेका थिए । मुलुकको आर्थिक गतिविधिलाई तरंगित बनाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई उनले सचेत गराएका छन् ।
कर्मचारी संचय कोषको ५८ औं वार्षिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले सेयर बजारमा लगानी बढाउन अनुकुल समय रहेको बताए ।
‘राजनीतिक स्थायित्वका कारण मुलुकको आर्थिक गतिविधि बढेको र बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि वृद्धि भएकाले सेयर बजारमा लगानी बढाउने अति अनुकुल समय हो,’ अर्थमन्त्री डा. खतिवडाले भने ।
सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । पुँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

Pages