साइकल चढेरै मधेशी युवा पुगे सगरमाथा बेसक्याम्प - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Monday, September 16, 2019

साइकल चढेरै मधेशी युवा पुगे सगरमाथा बेसक्याम्प

३१ वर्षीय रञ्जित साहले जनकपुरबाट सगरमाथा बेसक्याम्पसम्मको यात्रा १८ दिनमै पूरा गरेका हुन् ।
भदौ ९ गते यात्रामा निस्किनुभन्दा पहिले उनी जानकी मन्दिरको दर्शन गर्न पुगेका थिए । त्यो थाहा पाएर जनकपुरका केही युवाहरू उनलाई बिदाइ गर्न मन्दिर परिसरमा भेला भए । दुई चारजना युवाले माला लगाएर उनलाई विश्वको सबभन्दा अग्लो सगरमाथाको बेस क्याम्पका लागि बिदाइ गरे ।
जनकपुर प्रदेश २ को अस्थायी राजधानी र उपमहानगरपालिका पनि हो । तर रञ्जितले साहसिक यात्रामा निस्किँदै गर्दा त्यहाँका दुईवटै सरकार बेखबर थिए ।
स्थानीय पत्रकार घनश्याम मिश्र भन्छन्, ‘राष्ट्र, राष्ट्रियता त्यसमा खासगरी मधेसलाई विश्वमा चिनाउन रञ्जित सगरमाथाको बेसक्याम्पका लागि निस्किँदै थिए तर प्रदेश र स्थानीय सरकार दुवै बेखबर थिए । त्यसले केही दुःख त लागेको थियो तर हामी केही युवाले खुशीका साथ बिदाइ गरेका थियौँ ।

Pages