संविधान दिवसको दिन समाजवादी पार्टी केही पनि नगर्ने - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Monday, September 16, 2019

संविधान दिवसको दिन समाजवादी पार्टी केही पनि नगर्ने










काठमाडौं, भदौ ३० गते ।
समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको छ ।
सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएका छन् ।
समाजवादी पार्टीले उक्त दिन मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रमको घोषणा समेत गरेको छ ।





Pages