नेपाली - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Saturday, April 14, 2018

नेपाली






हामी सबै नेपाली, सबै को रगत तातो
भुमी छ उहि तर फरक फरक बाटो
कोही यहाँ मधेशि, कोही पहाडी
नेपाली को साटो
बिदेशी को बन्दुक नेपाली को रगत
रत्तमे पार्यो हाम्रो भुमिमा हाम्रै माटो

रगत को होली रङ को साटो

नारा लगाए
खै कहिले बुझ्म्ला हामी
एकै सिका का हामी दुइ पाटो
लद्दै गर झागर्दै गर
नेपाल नै न रहे
के के क-कस्को फाटो
एक अर्काको को ज्यानको दुश्मन
रगत को एक थोपा जस्को बगेनि
नेपाल आमाको आन्चल रातो
अरु ले दिएको घाउ त मेटिएला
समय सङ्-सङ्गै
न फैलियोस आफ्नैले दिएको चोट
पुर्खौ-पुर्खा मुटूको बाटो

छ महिना नकाबन्दि, वर्षौ को आन्दोलन
न हान यसरि आफ्नै गलामा आफैले चाटो
समय ले भन्ला
कती थियो यसको फाइदो कती घाटो
सबै कुरा छर्लङ छ्
एक चोटी आफैलाई सोधी हेर
को होला यो संसारमा हामी जस्तो लाटो

गुलाब बनन न सके नि
न बन एक अर्का को लागि काटो
बन तिमी उसको दुख पिस्ने ढिकि
उ तिम्रो जिवनको जातो
कोही छ गोरो कोही कालो
तर नहोस यहाँ कोही रातो
सदभाव, प्रेम र शान्ति फैलाउ
इर्शया, द्वेश र द्वन्द को साटो


Tagged
Poem, Nepali, Nepali kabi Navin Mahto, Nepali kabita, Nepali Poem, Nepali poem blog, nepali poem by Navin mahto, Nepali poem Collection, Nepali poem website, Nepali Sahitya, Nepali Shahitykaar, Love poem,

Pages