Nepali Poem |
म शुन्यमा शुन्य सरि बिलाँए
जाडोले काठयाङरिए पनि तिम्रो न्यानो समझनामा रमाँए
आफ्नो मुटु सङ्ग लडी तिम्लाई आफ्नो जिउका नि दिलाँए
खै के दोष मेरो
अरु सबै आमा झै
मैले नि तिम्लाई आफ्नो दुध नै पिलाँए ।
भन्छन सर्प लाई दुध न पिला उनु हरे
कुन सर्पले आफ्नै आमलाई कहिले विष लगाँए
हो म बुढी भाकोछु
मलाई न्यानो पार्ने तिम्रो समझना नि मेटिदै छ
म लाई माफ गर्नु छोरो
शव लाई फर्की फर्की न हेर्नु भ नि तिम्लाई सिकाँए
तर पशुपती को आर्यघाट मा जलेको शव लाई नियल्दै
कती चोटी हो कती चोटी आफ्नो सारीर न्यानो बनाँए ।।
कती तित्ता तित्ता पलहरुलाई भुलाए
तर तिम्ले पशुपती को गेटमा
ल आमा बस्दै गर्नुस म स्याउ लिएर आउछु भनि कहिले न फर्केको पल
भुला उन खोज्दा आफैले आफ्नो मन कती चोटी दुखाँए ।
अस्ती बुहारी सँगै पशुपती पुण्य कमाउन आउँदा
सबै सँगै मलाई नि आफ्नै हातले पस्की खिलायौ
खै म्लाई चिनेनौ य चिने र नि नचिने झै गर्यो
जे होस तिम्लाई सुखी देखेर
म नि खुसी ले गदगदाए ।।
कुन दिन होला
म शुन्यमा शुन्य शरी बिलाउछु
आमा हु तिम्रो, बिश्वास गर्नु हरेक कुक्रम को साटो
मेरो हरेक बिहानीको प्राथनामा शरापको साटो गुण नै लगए
Tagged
Poem, Nepali, Nepali kabi Navin Mahto, Nepali kabita, Nepali Poem, Nepali poem blog, nepali poem by Navin mahto, Nepali poem Collection, Nepali poem website, Nepali Sahitya, Nepali Shahitykaar, Love poem,